सयपत्री सहकारीको अध्यक्षमा रवीन्द्रनाथ बाँस्तोला निर्वाचित

पोखरा, ५ पुस ।

पोखरास्थित सयपत्री बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा रवीन्द्रनाथ बास्तोला निर्वाचित भएका छन् । सहकारीको ११ औं साधारणसभाबाट उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

चुनावी प्रक्रियामार्फत रवीन्द्रले देवेन्द्रकिशोर बास्तोलालाई अत्यधिक मतान्तरले पराजित गर्दै रवीन्द्र निर्वाचित भएका हुन् । कूल ४५७ मत खसेकोमा रवीन्द्रले ३८९ मत प्राप्त गरे भने देवेन्द्रकिशोरले ५८ मतमात्र प्राप्त गरेको निर्वाचन समितिका संयोजक अधिवक्ता रोहितराज बास्तोलाले जानकारी दिए ।

अध्यक्षमा निर्वाचित भएपछि रवीन्द्रले सहकारीको गरिर्मालाई थप उचाइमा पुर्याउने प्रतिवद्धता जनाए । उनले आर्थिक पारदर्शितासँगै सामाजिक उत्तर दायित्वलाई पहिलो प्राथमिकतामा राखेर शेयर सदस्यको हितमा काम गर्ने स्पष्ट पारे ।

साधारणसभामा कृषि भूमि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख प्रेमप्रसाद ढकालले सयपत्री सहकारी कास्की जिल्लामै नमुना सहकारी भएको बताए ।

उनले मन्त्रालयबाट निर्देशित नीति र नियम पूर्णरुपमा पालना गर्न सुझाए । नियम पालना गरेरै सपपत्री सहकारी नमुना भएको भन्दै उनले भविष्यमा गरिने हरेक योजना सेयर सदस्य मैत्री बनाउन आग्रह गरे ।

सहकारीका सचिव कृष्णप्रसाद आचार्यले कार्यक्रम सञ्चालन र कोषाध्यक्ष धर्मप्रसाद बास्तोलले स्वागत गरेका थिए ।

सहकारीका सल्लाहकार माधवप्रसाद बास्तोला, पूर्व अध्यक्ष विश्वराज बास्तोला लगायतले बोलेको सहकारीका प्रबन्धक विकास सुवेदीले जानकारी दिए ।

सहकारीको शेयर पुँजी १२ करोड २८ लाख, निक्षेप १ अर्ब २७ करोड ४० लाख रहेको छ । सहकारीेले एक अर्ब २१ करोड ५७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ भने तरलता २४ करोड ३१ लाख रुपैयाँ रहेको सुवेदीले बताए । सयपत्रीमा एक अर्ब ६० करोड ४० लाख रुपैयाँ वासलत रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close