के गर्दैछन् महानायक राजेश हमाल दम्पत्ति ?

पोखरा, २८ पुस ।
महानयक राजेश हमाल केही साता अघि पोखरा थिए । हिजोआज झापा पुगेका छन् । पत्नी मधु भट्टराईसंगै हमाल पूर्वी नेपाल भ्रमणमा निस्किएका हुन् ।
झापाको मेचीनगर नगरपालिका धुलाबारीको पाँच तारे होटल मेची क्राउनमा मधुसँग रोमान्टिक मुडमा कैद भएका फोटाहरु उनले सार्वजनिक गरेका हुन् ।
कोरोना महामारीले देशभरको होटल तथा रेष्टुरेन्ट व्यवसाय चौपट भएका बेला खुलेको मेची क्राउन पूर्वी नेपालको आकर्षण बनेको छ ।
होटल संचालकहरुकै निमन्त्रणामा हमाल दम्पत्तिको धुलावारी पुगेको बताइन्छ । चलचित्रबाट फुर्सद पाएका हमाल पछिल्लो समय म्यूजिक भिडियोमा रमाउन थालेका छन् ।
तस्वीरहरु