नहरमार्गको बाटो ढलान हुँदै, सांसद पहारीले गरे शिलान्यास

पोखरा, २० पुस ।

पोखरा महानगरपालिका वडा नं. ६ स्थित नहरमार्गको बाटो ढलान हुने भएको छ । बाटोको लम्वाइ करिब पाँच सय मिटरको छ ।

गण्डकी प्रदेश, भौतिक पूर्वाधार मन्त्रालयको रु. ४७ लाख ७० हजारको लागतमा उक्त बाटो ढलान हुने लागेको हो । परिधि कन्स्ट्रक्सनले पाँच महिना भित्रमा बाटो ढलान कार्य सम्पन्न गर्ने गरी कामम शुभारम्भ भएको छ ।

उक्त बाटोको शिलान्यास सोमबार गण्डकी प्रदेशसभा सदस्य राजीव पहारी गरेका हुन् । उक्त अवसरमा बोल्दै सांसद पहारीले विश्वको महत्वपूर्ण पर्यटकीय गन्तब्य लेकसाइडलाई हरहिसाबले सिगार्नुपर्ने बताए ।

उनले पोखराको लेकसाइडलाई सिंगार्न अझै उत्तरदायी भएर लागिपर्ने प्रतिवद्धता जनाए । उनले गुणस्तरीय निर्माणका लागि निरन्तर अनुगमन गर्न स्थानीयलाई आग्रह समेत गरे ।

बाटो ढलान कार्य शिलान्यास गर्दै सांसद राजीव पहारी ।

विकास बाहेक आफ्नो कुनै सपना नभएको भन्दै भन्दै पहारीले आफ्नो निर्वाचन क्षेत्र उदाहरणीय बनाउन लागि परेको स्पष्ट पारे । त्यस अवसरमा पहारीले आफ्नो निर्वाचन क्षेत्रमा संचालित विकास आयोजनाहरुका बारेमा समेत चर्चा गरेका थिए ।

कार्यक्रममा जिल्ला इन्जिनियर किरण आचार्यले समयमै सम्पन्न गर्न हरतरहले लागि पर्ने भन्दै प्रतिवद्धता जनाए । उनले सहयोग र सहभागिता बढाउन स्थानीयसंग आग्रह गरे ।

गण्डकी प्रदेश पूर्वाधार विकास कार्यालयका इन्जिनियर दिनेश घिमिरेले योजनामा भएका कमजोरीहरुलाई सुधार गर्दै समयमा काम सम्पन्न गर्नुपर्ने बताए । उनले गुणस्तरमा कुनै कमजोरी हुन नदिने स्पष्ट पारे ।

पर्यटन बोर्डका पूर्व सदस्य अग्नी कंडेलले पर्यटनको केन्द्र लेकसाइडमा विश्वकै ध्यान पुग्ने हुँदा यसको विकास मात्र होइन समय अनुसार रुपान्तरणमा आफूहरु प्रतिबद्ध भएको बताए ।

पोखरा महानगरपालिका वडा नंं ६ का वडाध्यक्ष जगत पहारीले विकास निर्माणका कार्य विवादरहित सम्पन्न हुनुपर्ने भन्दै त्यसका लागि समन्वय गर्न वडा कार्यालय सधैं तयार रहेको बताए ।

बाटो निर्माण समितिका अध्यक्ष तुलसी दाहालको अध्यक्षतामा भएको कार्यक्रममा सचिव गोपी भट्टराई र खहरे टोल विकास संस्थाका अध्यक्ष खिमलाल पहारीले पनि बोलेका थिए ।

कार्यक्रममा होटेल एशोसिएशनका केन्द्रीय सदस्य भरतराज पराजुली, पर्यटन बोर्ड पूर्व सदस्य वासु त्रिपाठी, टानका द्धित्तीय उपाध्यक्ष कृष्ण आचार्यसमेत सहभागी थिए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close