खेलकुदमा आग्रह पूर्वाग्रह नराखौं : सिलवाल

पोखरा, २५ पुस ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवालले खेलकुदमा आग्रह वा पूर्वाग्रह नराखी काम काम गर्न आग्रह गरेका छन् । नेपाल तेक्वान्दो संघको साधारणसभामा उनले खेलकुद संघमा भएका विवाद समाधानका लागि मात्रै नभई फुटेका खेल संघहरुलाई एकै थलोमा ल्याउन राखेप अघि बढेको बताए । उनले भने, ‘खेलकुद विकासलाई गति दिने हो भने कोही कसैसँग आग्रह वा पूर्वाग्रह राख्नु हुँदैन ।’

नेपालको खेलकुदको इतिहासमा तेक्वान्दोको योगदान महत्वपूर्ण रहेको भन्दै सिलवालले खेलाडी मात्रै नभई प्रशिक्षक तथा निर्णायक समेत अनुशासन र जिम्मेवारीपूर्वक अघि वढ्न आग्रह गरे ।

तेक्वान्दोले १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा उत्कृष्टता हासिल गरेको बताउँदै त्यसको साखलाई जोगाई राख्न जुनियर लेभलबाट नै रेङकिङ प्रतियोगिता आयोजना गर्न उनले सुझाव दिए ।

अर्को एक प्रसङ्गमा उनले अब नेपालमो खेलकुद पूर्वाधारहरु निजी क्षेत्रको सहभागितामा निर्माण गरिने समेत बताए ।
नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङले स्थानीयस्तरमा आयोजना हुने खेलकुदलाई समेत विश्वव्यापीकरण गर्नुपर्नेमा जोड दिए ।

नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङले नेपाल तेक्वान्दोको उर्जा शक्तिलाई एकीकृत गर्दै तेक्वान्दोको विकासका लागि अघि बढ्ने बताए ।

नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणाको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष भोजबहादुर शाह, गण्डकी प्रदेशका अध्यक्ष जगन गुरुङ लगायतले बोलेका थिए ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदमा नियुक्त भएका सदस्य सचिव सिलवाल, सदस्य सम्पन्न श्रेष्ठ, सुवास श्रेष्ठ, नन्दा वस्याल, तेक्वान्दो संघलाई धेरै आर्थिक सहयोग गर्ने सुमेरु गु्रपका अध्यक्ष भरत मर्हजनलाई सम्मान गरिएको थियो ।

यसैगरी संघले यो वर्ष ‘नेशनल हिरोज २०२०’का रुपमा सञ्चारकर्मी सुशिल पाण्डे र समाज सेवी नेहा पोख्रेललाई नगद १५ हजारसहित सम्मान गरेको छ ।

उक्त अवसरमा संघका महासचिव दिपराज गुरुङ, कोषाध्यक्ष काशिम मिया धावी, गण्डकी प्रदेशका महासचिवले रमेश पौडेलले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close