कास्की पोखरा हस्तकला संघको अध्यक्षमा रामकली खड्का

पोखरा, १८ पुस ।

कास्की पोखरा हस्तकला संघको अध्यक्षमा रामकली खड्का चयन भएकी छन् । संघको शनिबार १० औं साधारणसभा तथा तेस्रो अधिवेशनबाट अध्यक्षमा खड्का सर्वसम्मत चयन भएकी हुन् ।

संस्थाको उपाध्यक्षमा सीता गुरूङ, सचिवमा बुद्धि पुर्जा र कोषाध्यक्षमा गोमा ढकाल चयन भएका छन् । यसैगरी कार्यसमिति सदस्यहरुमा मिम राना मगर, रजनी कोइराला, पम्फा थापा, देवकी बराल र मिरा पौडेल छन् । यस्तै, सल्लाहकारमा मिलन शेरचन र कृष्णगोपाल प्रधान रहेका छन् ।

अध्यक्षमा निर्वाचित भएपछि खड्काले संघको अवधारणामा सम्बन्धित रहेर कार्य गर्नु नै हस्तकलाको आधार रहेको बताइन् । ‘विभिन्न देशमा हस्तकलाको ग्रासरूटबाट काम गर्ने गरेका छन्, यस क्षेत्रमा आवद्व उद्यमीलाई सरकारीदेखि गैह्रसरकारी संघ संस्थाहरूको साथ आवश्यक छ,’ उनले भनिन् ।

यसअघि कार्यक्रम शुभारम्भ गर्दै पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दिपक श्रेष्ठले पछिल्लो समयमा हस्तकलाका सामानको माग बढी रहेको भन्दै यस क्षेत्रमा सम्बन्धित निकायले विशेष चासो दिनुपर्ने बताए ।

‘हस्तकला एक सृजनात्मक क्षेत्र हो । यसलाई प्रवद्र्धन गर्दै बजारीकरणमा भने विशेष पहल गरिनुपर्छ’, श्रेष्ठले भने, ‘यसमा पोखरा उद्योग वाणिज्य संघले विभिन्न सहयोग गर्दै आएको र भावी समयमा पनि सहयोग गर्नेछ ।’

संघका निवर्तमान अध्यक्ष हिरा भट्टराईले कास्कीमा छरिएर रहेका हस्तकला उद्यमीहरूलाई एकीकृत गरी स्थानीय श्रोत साधनको उपयोग गर्ने हेतुले संघको स्थापना गरिएको बताइन् । कार्यक्रमको संचालन सचिव सीता गुरूङले गरेकी थिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close