बुहारीलाई बलात्कार गरेको आरोपमा ससुरा पक्राउ

स्याङ्जा, २५ पुस ।

बुहारीलाई बलात्कार गरेको आरोपमा स्याङ्जा आँधीखोला गाउँपालिका ४ का ६० वर्षीय पुरुष पक्राउ परेका छन् । उनले आफ्नी २१ वर्षीय बुहारीलाई पटक पटक बलात्कार गर्दै आएको आरोप छ ।

ती महिलाले विवाहलगत्तै पति र ससुरासहित भारतमा गएको र त्यस समयदेखि नै बलात्कार हुँदै आएको बताएकी छन् । उनीहरु चार वषदेखि भारत गएका र दुई वर्ष यता नेपाल फर्केका थिए ।

प्रहरीले ती पुरुषलाई जिल्ला अदालत पेस गरी अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक होबेन्द्र बोगटीले बताए । आफ्ना पति सोझो भएको कारण ससुराले कमजोरीको फाइदा उठाएको पीडित महिलाको दाबी छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close