७० वर्षकी वृद्धालाई फकाइफुल्याई बलात्कार, त्यसपछि घाँटी थिचेर हत्या

झापा, २५ मंसिर ।

झापाको मेचीनगर नगरपालिका-१३ चारआलीमा एक वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाका अनुसार अर्जुनधारा नगरपालिका-११ की ७० वर्षीया माइना हस्दाको हत्या भएको हो ।

प्रहरीले हत्यामा संलग्न भद्रपुर नगरपालिका-४ का ३५ वर्षीय विशाल बिर्जालाई पक्राउ गरिएको जनाएको छ । अभियुक्त बिर्जाले नै बिहिबार बिहान प्रहरीलाई चारआलीको पाउँ पाथिभरा मन्दिर अगाडि राजमार्गको कल्भर्टमुनि महिलाको शव रहेको जानकारी दिएका थिए ।

प्रहरीले शङ्का लागी केरकार गर्दा बिर्जा आफैँले बुधबार राति वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएको जनाइएको छ ।

बुधबार राति ९ बजेतिर चारआली चोकबाट फकाइफुल्याई राजमार्ग तिर लगि बलात्कार गरेर घाँटी थिची हत्या गरेको अभियुक्तले बयान दिएको सूचना अधिकारी थापाले बताए ।

त्यसपछि उनले कल्भर्टमुनि वृद्धाको शव लुकाएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरीले थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close