रोनाल्डोको दुई गोल, युभेन्टस विजयी

पोखरा, २० पुस ।

इटालियन सिरी ए अन्तर्गत युभेन्टसले उडिनेसलाई ४-१ गोल अन्तरले पराजित गरेको छ । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरे ।

रोनाल्डोले खेलको ३१औ र ७० औं मिनेटमा गोल गरेका थिए । त्यस्तै पाउलो डिबाला र फेडेरिको चेइसाले एक-एक गोल गरेका थिए । उडिनेसका लागि मार्भिन जीगेलारले एक गोल फर्काएका थिए ।

यस खेलमा दुई गोल गरेसँगै रोनाल्डोले लगातार १५औ सिजनमा आफ्नो क्यारियरमा क्लब र देशका लागि गरी हरेक सिजनमा कम्तिमा २० गोल गरेका छन् ।

साथै यस सिजनको सिरि ए मा ११ खेलमा १४ गोल गरेका छन् । यो जितपछि युभेन्टसको १४ खेलमा २७ अंक भएको छ र लिगमा पाँचौ स्थानमा रहेको छ ।

त्यस्तै शीर्ष स्थानमा रहेको एसी मिलान भन्दा १० अंकले पछाडि छ । त्यस्तै उडिनेसको भने १४ खेलमा १५ अंकसहित लिगको १३औ स्थानमा छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close