सफल सहकारीका शेयर सदस्यलाई स्वास्थ्य सामग्री

गण्डकी, १९ पुस ।

सफल बचत तथा ऋण सहकारी संस्थाले साधारणसभामा शेयर सदस्यलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।
पोखरा महानगरपालिका वडा नं. १७ कार्यालय स्थापना गरि सञ्चालनमा आएको सहकारीको आजदेखि शुरु भएको १३ औं साधारणमा शेयर सदस्यलाई कोशेली स्वरुप माक्स र सेनिटाईजन वितरण गरेको हो ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ को संक्रमण रोगथामका लागि सरकारले भेला, महोत्सव गर्न गरेको बन्देजका कारण स्वास्थ्य मापदण्ड अपनाएर चारदिनसम्म साधारण सभा सञ्चालन गरिने संस्थाका कोषाध्यक्ष पवित्रा जिसीले जानकारी दिइन् ।

शेयर सदस्यलाई महामारिबाट जोगिन सरसफाईमा बढी ध्यान दिनुपर्दछ भन्ने सन्देश दिने उदेश्यले सरसफाईका सामग्री प्रदान गरिएको बताइन् । उनले यस अवधिमा नेपाल रेडक्रस सोसाईटीले शुरु गरेको रेडक्रस भवन निर्माणका लागि आर्थिक सहयोग तथा सुरक्षाकर्मीलाई समेत स्वास्थ्य सामग्री वितरण गरिने बताइन् ।

पोखरा महानगरपालिका वडा नं. ७ र १७ स्थित पूर्व भेगका बुद्धिजीवी, समाजसेवीको सकृयतामा २०६४ सालमा दर्ता गरि सञ्चालनमा आएको सो सहकारीमा हाल तीन सय ८६ जना शेयर सदस्य रहेका छन् । जसमा ६० प्रतिशत भन्दा बढी महिलाको सहभागिता रहेको छ ।

संस्थाले गत बर्ष १२ औं साधारण सभाका अवसरमा महानगर स्वास्थ्य महाशाखाको सहयोगमा शेयर सदस्यलाई डेंङ्गु रोगको बारेमा सचेतना कार्यक्रमको आयोजना गरेको थियो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close