सहकारी संघमा चुनावी रन्को, को-को छन् आकांक्षी ?

पोखरा, २८ पुस ।

जिल्ला सहकारी संघ कास्कीको ४७ औँ साधारणसभा तथा अधिवेशन भोलि बुधबारदेखि शुरु हुँदैछ । अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने भएकाले महत्वका साथ हेरिएको छ । निर्वाचनको समयसीमा नजिकिएसंगै सहकारी संस्थाका सञ्चालकहरुबीच चुनावी सरगर्मी बढेको छ ।

संघको नेतृत्वका बलराम गौतम, सावित्री कोइराला, धर्मराज अर्याल र संगीता गौतमले उम्मेदवारी घोषणा गरेर चुनावी छलफल शुरु गरेका छन् । संस्थाको नेतृत्व सर्वसम्मत चयनका लागि अग्रजहरु सक्रियतापूर्वक छलफलमा जुटेको बताइएको छ ।

सहकारीले अब खेल्नुपर्ने भूमिकाबारे छलफल

कोअपरेटिभ प्रेसिडेन्ट्स सोसाइटी (कोप्स) को अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष एवं सञ्चालकहरुको साझा एवं छाता संगठन कोप्सले मंगलबार कार्यक्रम सम्पन्न गरेको हो ।

कोभिड-१९ का कारण मुलुकको सहकारी क्षेत्रमा परेको प्रभावलाई मध्यनजर गर्दै भावी दिनहरुमा संस्थाले अपनाउनुपर्ने साझा नीतिका बारेमा नेतृत्वको भूमिका र दायित्व विषयमा छलफल गरिएको थियो ।

जिल्ला सहकारी संघ कास्कीको ४७ औँ वार्षिक साधारणसभा तथा अधिवेशनका सन्दर्भमा सहकारीका सञ्चालकहरुको भूमिका र दायित्वका विषयमासमेत समिक्षा गरिएको कोप्सका संस्थापक अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए ।

कार्यक्रममा संस्थाका महासचिव रामचन्द्र शर्माले सांगठनिक अवधारणासहितको भावी कार्यदिशा प्रस्तुत गरेका थिए ।

कोप्सको आगामी फागुन २२ गते हुने अधिवेशन तयारीका लागि माघ १७ गते अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको अध्यक्ष बरालले जानकारी दिए ।

कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष बलराम गौतम, उपाध्यक्ष सावित्री कोइराला, सञ्चालक धर्मराज अर्याल र संगीता गौतम तिमिल्सिना, कोप्सका सञ्चालक ख्यामनारायाण पौडेल, तुलसी पोखरेल, पार्वती कुमारी शर्मा, मैनादेवी रावत लगायतले बोलेका थिए । संस्थाका अध्यक्ष बरालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव शर्माले गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close