चम्किए सन्दीप, पहिलो खेलमै दुई विकेट लिन सफल

पोखरा, १८ पुस ।

नेपाली क्रिकेटर सन्दीप लामिछानेले डेब्यु खेलमै दुई विकेट लिएका छन् । विग बास लिग क्रिकेटमा उनले पहिलो खेलमै दुई विकेट लिएका हुन् । आफ्नै पूर्व क्लब मेलवर्न स्टार्सविरुद्ध डेब्यु गर्ने मौका पाए । चार ओभर बलिङ गर्दा ३८ रन खर्च गरेर दुई विकेट लिएका हुन् ।

उनले पहिलो र चौथो ओभरमा विकेट लिन सफल भए । सन्दीपको टिम होवर्ट विरुद्ध १६५ रनको लक्ष्य पछ्याएको मेलवर्न स्टार्सका हिल्टन कार्टराइटको विकेट लिएका हुन् । छैटौं ओभरमा पहिलो ओभर लिएर आएका सन्दीपले पहिलो बलमा एक रन दिएका थिए भने दोस्रो बलमा चौका खान पुगे ।

तेस्रो बलमा एक रन दिएका सन्दीपले चौथो बलमा कार्टराइटको विकेट लिन पुगे । पाँचौं बलमा सन्दीपले एक रन दिए भने अन्तिम बलमा चार रन खर्चिएका थिए । सन्दीपले पहिलो ओभरमा ११ रन खर्चिएर एक विकेट लिन पुगे ।

दोस्रो ओभर लिएर सन्दीप आठौं ओभरमा आएका थिए । शुरुका तीन बलमा म्याक्सवेलले रन लिन सकेनन् । चौथो बलमा एक रन लिएर क्रिजमा आएका निकोलस पुरनले पाँचौं बलमा एक रन लिए । छैटौं बल फेस गरेको म्याक्सवेलले सन्दीपको बललाई छक्का प्रहार गरेका थिए । दोस्रो ओभरमा सन्दीपले आठ रन दिएका थिए ।

तेस्रो ओभर लिएर सन्दीप १२ औं ओभरमा आएका थिए । पहिलो बलमा उनले एक रन दिएका थिए । दोस्रो बलमा निकोलस पुरनले रन लिन सकेनन् । तर तेस्रो बलमा सन्दीपले छक्का दिन पुगे । गुग्ली बल फालेका सन्दीपको बललाई पुरनले बाउन्ड्री बाहिर पठाउँदै व्यक्तिगत र टिमका लागि छ रन जोडे ।

चौथो बलमा लेग बाइको रुपमा एक रन दिएका सन्दीपले पाँचौं बलमा पनि एक रन खर्चिए । अन्तिम बल भने डट राखे । सन्दीपले व्यक्तिगत तेस्रो ओभरमा नौ रन खर्चिए ।

चौथो ओभर लिएर सन्दीप १५ औं ओभरमा आएका थिए । पहिलो बल डट राखेका सन्दीपले लगातार दुई बल वाइड फालेका थिए । दोस्रो बलमा एक रन खर्चिए । तेस्रो बलमा बेन डंकलार्य आउट गरेका थिए । उनले विकेट किपरबाट क्याच आउट गराउन सफल भए ।

पाँचौं बलमा तीन रन दिन पुगे भने अन्तिम बलमा चौका खान पुगे । सन्दीपले चौथो ओभरमा ११ रन खर्चिए पनि समग्रमा चार ओभरमा ३८ रन दिएर दुई विकेट लिएका हुन् । सन्दीप आवद्ध होर्वट हुरिकेन्सले पहिला ब्याटिङ गरेको होवर्टले निर्धारित ओभरमा पाँच विकेट गुमाएर १६४ रन बनाएको थियो ।

होवर्टका लागि डेभिड मलानले सर्वाधिक ७५ रन बनाउँदा सात चौका र तीन छक्का प्रहार गरे । यसैगरी बेन डेरमोटले ३१ रन बनाउँदा कोलिन इंग्रामले २६ रन बनाए । मेलवर्नका लागि बेलि स्टेनलेकले सर्वाधिक तीन विकेट लिए ।
कोरोना महामारीका कारण सन्दीपले शुरुवाती छ खेल गुमाएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close