सन्दिप लामिछाने अष्ट्रेलिया जाँदै

पोखरा, २५ मंसिर ।

नेपाली लेगस्पीनर सन्दीप लामिछाने बिग बास लिग (बीबीएल) खेल्न यही डिसेम्बर १५ (मंसिर ३० गते) मा अष्ट्रेलिया जाने भएका छन् । सन्दीपका व्यवस्थापक रमन शिवाकाेटीले सन्दीप कतार एअरवेजबाट अष्ट्रेलिया जाने बताएका हुन् । उनी डिसेम्बर १६ मा एडिलेड पुग्नेछन् ।

अष्ट्रेलियामा १४ दिनकाे क्वारेन्टिनपछि उनी हाेबार्ट हुरिकन्स टिममा सामेल हुनेछन् । यसअघि लगातार दुई सिजन मेलवर्न स्टार्सबाट खेलेका सन्दीपले यसपटक हाेबार्टबाट खेल्न लागेका हुन् ।

बिहीबारदेखि शुरु भएकाे बीबीएलकाे १० औं संस्करणमा सन्दीपले सुरुवाती ६ खेल गुमाउने छन् । हाेबार्टले डिसेम्बरमा ६ खेल खेल्नेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close