सन्दिप लामिछानेले लिए विकेट

पोखरा, २० पुस ।

नेपालका लेग स्पिनर सन्दीप लामिछाने अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) को आफ्नो दोस्रो खेलमा एक विकेट लिएका छन् । होबर्ट हुरिक्यान्सका लागि उनले सोमबार आफ्नो पुरानो टीम मेलबर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलको विकेट लिए ।

टस हारेर पहिलो ब्याटिङ गरेको मेलबर्नविरूद्ध उनले चनर ओभर पूरा बलिङ गर्दै ३५ रन खर्चेर एक विकेट हात पारेका हुन् । सन्दिपले आफ्ना पूर्वसहकर्मी म्याक्सवेललाई एलबीडब्ल्यु आउट गरेका हुन् ।

सन्दीपले सुरुका तीन ओभरमा किफायती बलिङ गरे पनि आफ्नो अन्तिम ओभरमा भने १८ रन खर्चेका थिए ।

यसअघि पहिलो खेलमा सन्दीपले २ विकेट हात पारेका थिए । योसँगै उनले यो संस्करणको बीबीएलमा ३ विकेट हात पारेका छन् । जारी खेलमा मेलबर्नले १९ ओभर खेलिसक्दा छ विकेट गुमाएर १६५ रन बनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close