उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्षमा कोइराला निर्वाचित

पोखरा १२ पुस ।

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको अध्यक्षमा पुनः सञ्जिबहादुर कोइराला विजयी भएका छन् । उनले प्रतिस्पर्धी हरिओम शर्मा लामिछानेलाई पराजित गरेका हुन् । ८० प्रतिशत मतभार खसेकोमा कोइरालाले ५४ प्रतिशत र शर्माले २६ प्रतिशत मतभार प्राप्त गरे ।

कोइराला महासंघ गण्डकी प्रदेशको संस्थापक अध्यक्ष हुन् । अघिल्लो पटक सर्वसम्मत अध्यक्ष चयन भएका कोइराला यसपटक चुनावी प्रक्रियाबाट अध्यक्ष चुनिए । उनी पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत हुन् ।

अध्यक्ष बाहेक अन्य पदमा भने सर्वसम्मत भएको छ । जिल्ला नगरतर्फको उपाध्यक्षमा ओमप्रसाद पौडेल (नवलपुर उवासंघ पूर्व अध्यक्ष) सर्वसम्मत निर्वाचित भएका छन् । एसोसिएटतर्फ उपाध्यक्षमा मोतीप्रसाद पौडेल र कोषाध्यक्षमा श्रवणकुमार जोशी सर्वसम्मत भएका छन् ।

सदस्यमा धर्म बस्याल, मंगलप्रसाद श्रेष्ठ, लिलाबहादुर अधिकारी, युवराज राजभण्डारी र उत्तमकुमार कर्माचार्य, एसोसिएट सदस्यमा सूर्य भुजेल सर्वसम्मत चयन भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close