कोरोना संक्रमितसँग अस्पतालको शौचालयमै यौन सम्पर्क गर्ने नर्स निलम्बनमा

पोखरा, १६ पुस ।

अस्पतालको शौचालयमा कोरोना संक्रमितसँग यौन सम्पर्क गर्नका पीपीई फुकालेको स्वीकार गरेपछि एक नर्सलाई निलम्बन गरिएको छ ।

घटना इन्डोनेसियाको कोरोना भाइरस संक्रमित रहेको अस्पतालको हो । यो घटनापछि नर्स र संक्रमित दुवैलाई त्यहाँको ‘अश्लिल हर्कत’विरुद्धको कानुन अन्तर्गतको मुद्दा चलाइएको छ ।

ती संक्रमितले सामाजिक सञ्जालमा सेयर गरेको पोष्टबाट यो घटना सार्वजनिक हुन पुगेको हो । उनको पोष्ट भाइरल भएपछि अनुसन्धान गरिएको र पछि नर्स र संक्रमित दुवैले घटनालाई स्वीकार गरेका हुन् ।

पछि दुवै जनाको कोरोना परीक्षण गरिएको थियो । ती युवकलाई पोजेटिभ देखिएको छ भने युवतीलाई नेगेटिभ देखिएको छ ।-एजेन्सी

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close