‘सेक्स पावर’ बढाउने खानेकुराहरु के-के हुन् ?

पोखरा, २२ मंसिर ।

यदि तपाइँ सम्भोगको मामिलामा खरो उत्रिन चाहनुहुन्छ र आफ्नो पार्टनरसँगको अन्तरंग पलहरुलाई अझै सम्झनलायक तथा आनन्ददायक बनाउन चाहनुहुन्छ भने तपाइँले केही चिजहरुको नियमित सेवन गर्नुपर्ने हुन्छ । आउनुहोस् आज हामी तपाइँलाई यस्ता खानेकुराहरुको बारेमा बताउँदैछौँ जसले तपाइँको सेक्स ड्राइभ अर्थात् यौनइच्छा बढाउन सहयोग गर्नेछन् ।

१. फर्सीः फर्सीको नियमित सेवनले पुरुषहरुमा यौन क्षमता बढ्ने विभिन्न अध्ययनहरुले देखाएको छ । फर्सीको बियाँमा सरीरलाई आवश्यक ट्रिप्टोफ्यान नामक एमिने एसिड पाइन्छ । यसले मस्तिष्कमा सेरोटोनिन हर्मोन उत्पादन तथा सरीरमा त्यसको प्रशारण गर्न सहयोग गर्दछ । जुन मानिसमा यौन क्षमता वृद्धिमा महत्वपूर्ण हुन्छ ।

२. चकलेटः चकलेटलाई रोमान्टिक गिफ्ट पनि मानिन्छ । यसको वैज्ञानिक कारण छ । किनकी चकलेटमा एन्टीअक्सिडेन्ट तत्व पाइन्छ जो मुटुका लागि निकै लाभदायी हुन्छ । चकलेटको सेवनले सरीरबाट मूड जगाउने रसायनको उत्पादन हुन्छ । जसका कारण मानिसमा यौनेच्छा प्रकट हुन्छ ।

३. दालचिनीः दालचिनीले मानिसमा यौनेच्छा बढाउन तथा यौन क्षमतामा वृद्धि गर्न सहयोग गर्दछ, खासगरी पुरुषमा । तसर्थ दिनहुँ चिया तथा कफीमा दालचिनी मिसाएर खानु अति उत्तम हुन्छ ।

४. खरबुजाः खरबुजामा एन्टी अक्सिडेन्ट तत्व पर्याप्त पाइन्छ । खरबुजालाई यौनबर्द्धक पनि मानिन्छ । फलफूलमा यसको सेवनले यौनक्षमता वृद्धि गर्न ठूलो सहयोग गर्दछ ।

५. पालुंगोः पालुंगोको सेवनले यौनांग क्षेत्रमा रक्तप्रवाह बढाउँदछ र मूड पनि राम्रो बनाइदिन्छ । यसमा पाइने म्याग्नेसियम लगायतका लवणले रक्तनली सुन्निने समस्या हटाइदिन्छ जसका कारण रक्तप्रवाह बढ्दछ । रक्तप्रवाह बढ्दा मानिसमा यौन इच्छा तथा यौन क्षमता दुवैमा वृद्धि हुन्छ । नियमित रुपमा पालुंगोको सागको सेवन गर्ने महिलामा चरम आनन्द छोटो समयमै प्राप्त हुने शोधकर्ताहरु बताउँछन् ।

६. खुर्सानीः खुर्सानीले उपापचयनलाई बढाइदिन्छ । जसका कारण इन्डोफिर्न हर्मोन सक्रिय बन्दछ । यसबाट सरीरमा पसिना छुट्ने र मुटुको गति पनि बढ्दछ । यसबाट यौनक्रिडाका लागि आवश्यक क्षेत्रमा रक्तप्रवाह बढ्न जान्छ ।

७. ग्रिन टीः ग्रिन टी मा क्याटेचिन्स नामक यौगिक पर्याप्त मात्रामा पाइन्छ । यसले पेटको बोसो गलाउने, कलेजोको क्षमता बढाउने तथा बोसोलाई उर्जामा बदल्ने काम गर्दछ । साथै यो यौगिकले यौनांग क्षेत्रमा रक्तप्रवाह बढाएर यौनेच्छामा वृद्धि गर्ने काम गर्दछ । यसले रक्तनली तथा कोशिकाहरुमा क्षति पूराउने प्रिm रेडिकल्स नष्ट गर्न पनि सहयोग गर्दछ ।

८. अदुवाः अदुवाले पनि रक्तप्रवाह बढाउने तथा धमनीहरुलाई स्वस्थ राख्नमा सहयोग पूराउँदछ जसका कारण मानिसको यौन इच्छा तथा यौन क्षमतामा पनि वृद्धि हुन्छ ।

९.केराः केरा पोटासियम लवणको सबैभन्दा ठूलो श्रोत हो । उच्च सोडियमयुक्त खानेकुराले सरीरमा पार्ने नकारात्मक असरलाई घटाउँछ । धेरै नुनिलो खानेकुरा खानाले यौनांगमा रक्तप्रवाह घट्न गई यौनेच्छा तथा चरमोत्कर्षमा कमी आउँदछ । तर केराको सेवनले नुनको खराब असर घट्न जान्छ र रक्तप्रवाहमा वृद्धि हुन्छ ।

१०. आलुः आलुमा पनि पर्याप्त मात्रामा पोटासियम पाइन्छ । यसले रक्तप्रवाह बढाउँदछ । जुन स्वभावतः यौनक्षमता वृद्धिमा सहयोगी बन्दछ ।-एजेन्सी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close