पर्वत पुगे कांग्रेस सभापति देउवा

पोखरा, १ माघ ।

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पर्वत पुगेका छन् ।

सशस्त्र युद्धको समयमा मारिएका शहीद हरिदत्त तिवारीको स्मृतिमा निर्माण गरिएको भवन उद्घाटन गर्न देउवा पर्वत पुगेका हुन् । देउवाको साथमा उपसभापति गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्य अर्जुन जोशीलगायतका नेताहरु सहभागी छन् ।

काठमाडौंबाट सभापति देउवालाई लिएर पर्वतका लागि उडेको हेलिकोप्टर भिजिबिलिटी कमजोर भएका कारण गोरखाको पालुङटारमा अवतरण गरिएको थियो । मौसम सफा भएपछि देउवा सोही हेलिकोप्टरमार्फत पर्वत पुगेको हुन् ।

शहीद हरिदत्त स्मृति प्रतिष्ठानले पर्वतको फलेवास नगरपालिका वडा नं. ३ शंकरपोखरीमा दुई तले भवन निर्माण गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close