रमेशको शिरबन्दी भिडियो सार्वजनिक

पोखरा, २० पुस ।
रमेश घर्र्ती मगरको नयाँ म्युजिक भिडियो शिरबन्दी सार्वजनिक भएको छ ।
अङ्ग्रेजी नयाँ वर्षको अबसर पारेर भिडियो सार्वजनिक गरिएको हो । रमेश मास्केको शब्द र संगित रहेको उक्त गीतमा रमेश घर्र्ती मगर र गायिका निखिला तामाङ्कको स्वर रहेको छ । भिडियोमा मिस मगर नेपाल २०१९ की फस्ट रनरअप सोनी पुन मगर र प्रवल गुरुङको मुख्य अभिनय रहेको छ ।

कुविर जंग जिसीको निर्देशनमा निर्माण भएको मिडियो बिट क्रियशन प्रा.लि. मार्फत बजारमा आएको हो । भिडियोको मेकअपमा निरुता नेपाली, फोटोग्राफी अनुज केसी र प्रोडक्सन डिजाईन राजन पुन मगरले गरेका छन् । गीतको रेकर्ड मल रोड स्टुडियो दार्जिलिङमा गरिएको थियो । भिडियोमा जितेन्द्र केसी, लक्ष्मी मगर, सुरज एल गुरुङ, पवन सुनार लगायत अन्य कालाकारहरु समेतको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो :

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close