प्रदेशसभा पनि विघटन हुने सम्भावना छ : मन्त्री तुम्बाहाङ्फे

मोरङ, २० पुस ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रदेशसभा पनि विघटन हुन सक्ने सम्भवना रहेको बताएकी छन् ।

राष्ट्रिय राजनीतिक घटनाक्रमको प्रभाव प्रदेश सभामा पनि परेकाले संविधान, प्रदेशको ऐन, नियमावलीअनुसार प्रदेशसभा विघटन हुन सक्ने उनको भनाइ छ ।

मन्त्री तुम्बाहाङ्फेले ताजा जनादेशमा जाने निर्णय बाध्यात्मक भएको बताइन् । आज विराटनगर आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री तुम्बाहाङ्फेले पार्टीभित्रैबाट सरकारको काम कारवाहीमा अवरोध हुन थालेपछि ताजा जनादेशमा जाने निर्णय भएको बताइन् ।

मन्त्री तुम्बाहाङ्फे तोकिएको मितिमा चुनाब गर्नका लागि सरकार लागि परेको बताइन् । ‘तोकिएको मितिमा चुनाब हुन्छ, त्यसका लागि आवश्यक सबै तयारी हुँदैछ,’ उनले भनिन्, ‘चुनाव हुने विषयमा शंका नगर्दा हुन्छ ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close