स्वास्थ्य सुरक्षा पालना गरेर महोत्सवमा सहभागी बनौं : रेवान

पोखरा, १४ पुस ।

रेष्टुराँ तथा बार एशोसिएशन (रेवान) पोखराले सरकारले जारी गरेका स्वास्थ्य मापदण्डको पालना गरेर सडक महोत्सव गर्ने जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि स्वास्थ्य मापदण्ड कडाइका साथ पालन गर्ने भएको हो ।
महोत्सव पुस १५ देखि १७ गतेसम्म हुँदैछ । महोत्सवको सबै तयारी पूरा भएको रेवानले जनाएको छ ।

महोत्सवमा सहभागी हुँदा स्वास्थ्य मापदण्ड पालना गर्न २२ औँ पोखरा सडक महोत्सव स्वास्थ्य संयोजक भीष्मराज पौडेलले अनुरोध गरे ।

महोत्सवमा आउँदा मास्क प्रयोग गर्न, सामाजिक दूरी कायम गरी कार्यक्रम हेर्न र बेलाबेलामा साबुनपानीले हात धुन र सेनिटाइजर प्रयोग गर्न उनले सम्पूर्ण दर्शकलाई आग्रह गरे ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close