पोखरामा २२औं सडक महोत्सव शुरु

पोखरा, १५ पुस ।

अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै पोखरामा २२ औं सडक महोत्सव शुरु भएको छ । कोरोना कहरका बीचमा पनि रेष्टुराँ तथा बार एशोसिएसन (रेवान) पोखराले महोत्सव आयोजना गरेको हो ।

यस वर्षको महोत्सव विगतका वर्षहरुको भिन्न छ । यसअघिका वर्षमा पाँच दिनसम्म सञ्चालन हुने महोत्सव यसवर्ष तीन दिनमात्रै चल्ने छ ।

महोत्सवमा सहभागी हुनेले अनिवार्यरुपमा स्वास्थ्य सुरक्षा पालना गर्नुपर्नेछ । आयोजकले सहभागीलाई हातमा स्यानीटाइजर र मुखमा माक्स अनिवार्य लगाउन लगाएको छ ।

महोत्सवबाट पोखरा खुल्लै छ र पर्यटन व्यवसायी पर्यटकहरुलाई स्वागत गर्न तयार छ भन्ने सन्देश दिन खोजिएको आयोजकले जनाएको छ ।

यस वर्षको महोत्सव तडकभडक र ठूलो तामझाम नगरिकन निरन्तरता मात्रै दिन लागिएको हो । खेलकूद र सामान्य लाइभ व्याण्डको सांस्कृतिक कार्यक्रम बाहेक अन्य कुनै ठूला गतिविधि महोत्सवमा गरिने छैन ।

महोत्सवको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका हुन् । महोत्सवले नौ महिनादेखि घुमफिर गर्न नपाएका पर्यटकहरु उत्साहित हुने आयोजकको विश्वास छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close