शुभकामना महिला विकास केन्द्रको अध्यक्षमा सुमिता श्रेष्ठ

पोखरा, १९ पुस ।

पोखरा महानगरपालिका वडा नं. ४ टुँडाको पाटनस्थित शुभकामना महिला विकास केन्द्र पोखराको अध्यक्षमा सुमिता श्रेष्ठ चयन भएकी छन् ।

संस्थाको १६ औं साधारणसभा तथा नवौं अधिवेशनबाट यसअघि उपाध्यक्षको भूमिका निर्वाह गरेकी श्रेष्ठ अध्यक्षमा सर्वसम्मत चयन भएकी हुन् ।

समितिको निर्देशकमा पूर्व अध्यक्ष राधिका थापा चयन भएकी छन् । यस्तै नयाँ कार्यसमितिको उपाध्यक्षमा ज्ञानु श्रेष्ठ, सचिवमा ईन्द्र श्रेष्ठ, सहसचिव प्रमिला जोशी र कोषाध्यक्षमा लक्ष्मी गुरुङ रहेकी छन् ।

यसैगरी संस्थाको कार्यसमिति सदस्यहरुमा बुद्धिसुब्बा गुरुङ, सावित्री श्रेष्ठ, पुष्पा श्रेष्ठ र सञ्जु पराजुली चयन भएको संस्थापक अध्यक्ष तथा निर्वाचन संयोजक तीर्थ श्रेष्ठले जानकारी दिइन् ।

संस्थाका सल्लाहकार निर्देशक कृष्ण थापाले महिलाहरुको क्षमता अभिवृद्धिमूलक कार्यमा जोड दिनुपर्ने बताए ।

संस्थाका अध्यक्ष शिला गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष राधिका थापा, मिथिला मल्ल, दुर्गादेवी लामिछाने, भवानी माकाजु, सिद्धार्थ क्लवका अध्यक्ष पार्वती माकाजु, उपाध्यक्ष सुमिता श्रेष्ठ, सचिव ईन्द्र श्रेष्ठलगायतले बोलेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close