प्रहरी हवल्दारद्धारा आत्महत्या

चितवन, २९ मंसिर ।
चितवनको सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत एक प्रहरी हवल्दारले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ड्युटी सकेर घर पुगेका ३५ वर्षीय प्रहरी हवल्दार होमप्रसाद ढकालले आत्महत्या गरेका हुन् ।
भरतपुर महानगरपालिका २४ शुक्रनगरस्थित आफ्नै घर नजिकैको आँपको रुखमा ढकालले पासो लगाएर आत्महत्या गरेको प्रहरी प्रवक्ता सूर्य थापाले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धान अनुसार घरयासी तनावका कारण ढकालले आत्महत्या गरेको प्रवक्ता थापाल बताए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।