विप्लवका नेता-कार्यकर्तालाई झुठ्ठा मुद्धामा गिरफ्तार नगर्नू : सर्वोच्च

काठमाडौं, १४ पुस ।

विप्लव समूहका नेता-कार्यकर्तालाई झुठ्ठा मुद्धामा अड्डासार गरेर हैरानी नदिन सर्वोच्च अदालतले आदेश दिएको छ । विप्लव समूहका लमजुङ जिल्ला इन्चार्ज जंगबहादुर भण्डारीसहित तीन जना जिल्ला नेताको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाई गर्दै सर्वोच्चले बिनाकारण गिरफ्तार नगर्न आदेश गरेको हो ।

सर्वोच्चका न्यायाधिश तेजबहादुर केसी र ईश्वर खतिवडाको इजलासले जंगबहादुरसहित तीन जनालाई रिहा गर्दै ‘बहानाबाजी गरेर पुनः गिरफ्तार नगर्न’ कडा चेतावनी दिएको छ ।

पुस १ मा तनहूँको आवुखैरेनीबाट प्रहरीले लमजुङ इन्चार्ज भण्डारी, जिल्ला सेक्रेटरी बिलबहादुर गुरुङ र जिल्ला समिति सदस्य रविन्द्र नखोलालाई पक्रेको थियो । उनीहरुलाई ईलाका प्रहरी कार्यालय आबुखैरेनीले अभद्र व्यवहार मुद्धा चलायो ।

बन्दी प्रत्यक्षीकरणको रिट हालेपछि सर्वोच्चले ‘थुनुवा झिकाउने’ आदेश गरेको थियो । सोमबार सो रिटको सुनुवाई गर्दै न्यायाधीश केसी र खतिवडाको ईजलाशले उनीहरुलाई छाड्ने आदेशसँगै थप आदेश गरेको छ ।

थप आदेश यस्तो छ, ‘रिहा गर्दा अदालको आदेश प्रतिकूल हुने गरी बहानाबाजी वा अटेर गरी निजहरुलाई पुनः पक्राउ गर्ने, थुनामा राख्ने गरेमा संविधानको धारा-१२८ तथा न्याय प्रशासन ऐन-०१७ बमोजिम कारवाही हुने गृहसचिव र प्रहरी महानिरीक्षक लगायत प्रतिक्षीलाई जानकारी दिनू ।’

सर्वोच्चमा एकराज भण्डारीले बिप्लवका नेताको तर्फबाट बन्दीप्रत्यक्षीकरणको रिट हालेका थिए । सर्वोच्चबाट छुटेपछि विप्लवका कार्यकर्ता पक्राउ गर्न प्रहरी परिचालन गरिएको स्रोतको भनाई छ । सर्वोच्चले पुनः पक्राउ गरेमा गृहसचिव र प्रहरी प्रमुखलाई नै कारवाही गर्ने लिखित आदेश गरेपछि प्रहरी पछि हटेको थियो ।

विप्लवका नेता, कार्यकर्तालाई प्रहरीले ‘अभद्र व्यहार’ मुद्धा लगाएर अड्डासार गरेर फरक–फरक हिरासतमा अल्झाउने गरेको छ । सोमबारको सो आदेशपछि विप्लवका कार्यकर्तालाई झुटा मुद्धामा अल्झाउने प्रहरीको रणनीतिमा धक्का लागेको छ ।

अभद्र व्यवाहर मुद्धामा थुनामा रहेका तीन जना नेतासहित बिप्लव समूहका ६ जनालाई सर्वोच्चको आदेशपछि रिहा गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता (डिएसपी) युवराज तिमिल्सिनाले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close