नेकपाको महासचिवमा सुरेन्द्र पाण्डे

काठमाडौं, ९ पुस ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहबाट सुरेन्द्र पाण्डे महासचिव बन्ने भएका छन् । अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाल तथा वरिष्ठ नेता झलनाथ खनाललगायतको अनौपचारिक बैठकले पाण्डेलाई पार्टीको महासचिव बनाउने तयारी गरेको हो ।

नेता पाण्डे पूर्व अर्थमन्त्रीसमेत हुन् । माधवकुमार नेपाल पक्षीय पाण्डे अध्यक्ष प्रचण्डकै गृहजिल्ला चितवन क्षेत्र नं. १ बाट निर्वाचित सांसद हुन् । पार्टी महासचिवमा नेकपाका नेताहरु भीम रावल, जनार्दन शर्माले पनि गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close