गोरखाका सुरेश कोइराला पोखराको फर्निचरभित्र मृत अवस्थामा फेला

पोखरा, २९ पुस ।

पोखरा महानगरपालिका वडा नं. १९ लामाचौरमा एक युवकको शव फेला परेको छ । ती युवक गोरखाको शहीद लखन नगरपालिका वडा नं. ६ का ३२ वर्षीय सुरेश कोइराला रहेका छन् ।

उनी आज बिहान ९ बजे लामाचौरस्थित फर्निचर उद्योग भित्रको कोठामा मृत अवस्थामा भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनाको बारेमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close