यस्तो अनौठो गाउँ : जुत्ता चप्पल लगाउनै नपाइने, लगाए कडा सजाय

पोखरा, १४ पुस ।

के तपाई कहिल्यै जुत्ता चप्पल बिना कतै जान सक्नुहुन्छ ? पक्कै सकिंदैन किनकी भुइँको चिसो तातो वा खुट्टाले किल्चन सक्ने वस्तुको कारण हामी चप्पल लगाउँछौ । तर भारतको एक गाउँमा भने जुत्ताचप्पल नलगाउँने परम्परा छ । यदि कसैले भुलवश लगाएको पाएमा उनीहरु सजायको भागीदार हुन्छन् ।

भारतको तमिलनाडुको मदुराईबाट करीब २० किलोमिटरको दूरीमा रहेको एक गाउँमा जुत्ताचप्पल नलगाउने परम्परा छ । कलिमायन नामक यस गाउँमा सैयौं वर्षदेखि जुत्ता चप्पल लगाउन नपाउने नियम छ ।

यहाँ जुत्ता चप्पल लगाएको देखेमा स्थानीय रिसाउने र सजाय दिने गर्दछन् । कतिसम्म भने अभिभावक नै साना बालबालिकालाई समेत जुत्ता चप्पल लगाउन मनाही गर्दछन् ।

जुत्ता चप्पल नलगाउने परम्पराको पछाडि अनौठो कारण छ । खासमा त्यस गाउँमा अपाच्छी नामक देवताको सदियौंदेखि पूजा हुँदै आएको छ । उनीहरु अपाच्छी देवताले नै उनीहरुको रक्षा गर्ने मान्यता राख्दछन् ।

उनै देवताप्रति अपार आस्था देखाउन यस गाउँ भित्र जुत्ताचप्पल नलगाउने परम्परा बसेको हो । अब यसमा अझै रोचक त के छ भने यदि उनीहरु बाहिर जानु परे हातमा चप्पल बोकेर आउँछन् र गाउँबाट बाहिर पुगेपछि मात्र पहिरिन्छन् । त्यस्तै गाउँ भित्रनु अघि फेरी जुत्ता चप्पल खोलेर खाली खुट्टा जान्छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close