तमुधिंका पदाधिकारी तथा सदस्यले लिए शपथ, जिम्मेवारी पनि थपियो

पोखरा, ४ पुस ।
तमु धिं नेपालको केन्द्रीय कार्यसमितिमा मनोनित सदस्यहरुलाई सपथ ग्रहणसँगै विभागीय जिम्मेवारी दिइएको छ । शुक्रबार आयोजित एक कार्यक्रमका बीच निवर्तमान अध्यक्ष कर्म तमुले नयाँ पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेकी थिइन् ।
उक्त अवसरमा पदाधिकारी तथा सदस्यहरुलाई थप जिम्मेवारी पनि प्रदान गरिएको अध्यक्ष हुमबहादुर तमुले जानकारी दिए ।
जसअनुसार अध्यक्ष हुमबहादुरले तमु एकता र अनुशासन विभागको जिम्मेवारी पाएका छन् ।
यस्तै वरिष्ठ उपाध्यक्ष सु.मे.श्रीप्रसाद तमुले कार्यालय र भूपू सैनिक विभाग, प्रथम उपाध्यक्ष गीमाया तमुले संघसंस्था समन्वय र अतिथि सत्कार, द्धितीय उपाध्यक्ष नारायण तमुले उद्योग, व्यापार र व्यवसाय विभाग, महासचिव अधिवक्ता जुनाकुमारी तमुले संगठन, प्रशिक्षण र कानुन, सचिव जुमबहादुर तमुलेप्रकाशन र प्रशासन, सहसचिव मेनकाजी तमुले सांस्कृतिक र राज्य समन्वय, कोषाध्यक्ष गमबहादुर तमुले आर्थिक र योजना र सहकोषाध्यक्ष सु.तुलबहादुर तमुले व्यवस्थापन विभागको जिम्मेवारी पाएका छन् ।
यस्तैगरी कार्यकसमिति सदस्य गोपाल तमुले निर्माण र शान्ति सुरक्षा, कौशिला तमुले महिला विभाग, कृष्णकुमार तमुले भाषा र साहित्य, शशीकुमार तमुले अतिरिक्त क्रियाकलाप, श्रीजंग तमुलाई शैक्षिक, शान्ति तमुले पर्यटन, सुरेन्द्र तमुले प्रचारप्रसार, विना तमुले विदेश, प्रेमबहादुर तमुले सरसफाई र मर्मत सम्भार र बालकुमारी तमुले मञ्च व्यवस्थापनको जिम्मेवारी पाएको अध्यक्ष हुमबहादुर तमुले जानकारी दिए ।
यसैगरी प्राविधिक विभागकोे संयोजकमा इञ्जिनियर किसानसिंह तमु, स्वास्थ्य विभागमा डा. नरेन्द्र विक्रम तमु, सहसंयोजकमा मिनबहादुर तमु, खेलकुद विभागमा गजबहादुर तमु, सहसंयोजक बालकुमारी तमु, युवा परिचालन संयोजकमा रमेश तमु, मानार्थ सहसंयोजक विग्नेश थापा छन् ।
यस्तै विद्यार्थी संयोजकमा जीवन तमु, आमा समिति पञ्चकुमारी तमु, कला संयोजक बुद्धि तमु, धार्मिक लामामा गोपाल तमु, खेगी संयोजक तमु प्ये ल्हु संघ केन्द्रीय समितिको सिफारिस अनुसार, विदेश विभाग सहसंयोजक महेन्द्र तमु, व्यवस्थापन विभाग सहसंयोजक मिनप्रसाद तमु, महिला विभाग सहसंयोजक धनमाया तमुलाई जिम्मेवारी प्रदान गरिएको छ । प्रत्येक विभागीय प्रमुखले सात जना सदस्य राख्न पाउने भएका छन् ।