तमु धिं नेपालका संस्थापकहरु के-के भन्छन् ?

पोखरा, २८ पुस ।

तमु धिं नेपालको नवनिर्वाचित कार्यसमितिले संस्थापकहरुसँग सुझाव संकलन गरेको छ । आफ्नो तीनवर्षे कार्यकाललाई प्रभावकारी बनाउन नवनिर्वाचित कार्यसमितिले संस्थापकहरुसग राय, सुझाव संकलनका साथै साथ सहयोगको आग्रह गरेको हो ।

कार्यक्रममा सहभागी संस्थापकहरुले तमु धिं नेपालको स्थापनाको मर्म, उद्धेश्य, भोग्नु परेको समस्याका साथै संस्थागत विकासका विविध पक्षमा प्रष्ट पार्दै तमु एकताको आवाश्यकतालाई जोड दिएका थिए।

कार्यक्रममा संस्थापक एवं निवर्तमान अध्यक्ष, कर्म तमु, संस्थापक उपाध्यक्ष शंकर तमु, सचिव शेरबहादुर तमु, सदस्यहरु डा. खडगसिंह तमु, रोस तमु, तिलक तमु, गमबहादुर तमुले सुझाव प्रस्तुत गरेका थिए ।

संस्थापक अध्यक्ष कर्म तमुले संघ संस्था स्थापना गर्न नपाउने अवस्थामा पनि तमुहरुको आवाश्यकताका कारण तमु धिं स्थापनाको पहलका बखत पटक पटक प्रसासनबाट समस्या भोग्नुपरेको बताइन् । सुनिल गुरुङको हत्याकाण्डमा राजबन्दीका रुपमा चरम यातना सम्झँदै उनी भावुकसमेत बनिन् ।

संस्थापक उपाध्यक्ष शंकर तमुले विगतका केही ससानो कमजोरीका कारण समस्याहरु उत्पन्न भएकाले मित्र र शत्रुभाव बोकेर हिंड्नेहरु चिन्नुपर्ने बताए । मौलिकता, पहिचान संरक्षण गर्दै विभिन्न संस्थाहरुसँग समन्वय र एकतावद्ध भए तमुहरुले शक्ति आर्जन गर्ने उनको सुझाव थियो ।

संस्थापक सचिव शेरबहादुर तमुले तमुहरुको एकता अपरिहार्यता छ भन्दै संस्थामा राजनीति निषेध गर्न सुझाए । सबैलाई समेटेर तमु धिं अघि बढ्नु सुझाव दिंदै उनले विज्ञहरुसँग अन्तरक्रिया गरी शैक्षिक, स्वास्थ्य, प्रसासनिक, व्यवसायिक क्षेत्रमा तमुहरुलाई उत्कृष्टता हासिल गराउन पहल गर्नुपर्ने बताए ।

संस्थापक तिलक तमुले तमु धिंले धेरै आरोहअवरोहबाट पाठ सिक्दै आएको छ, अब समयानुकुल रुपान्तरित र एकिकृत भएर अघि बढ्नुपर्ने बताए । संस्थाले समुदायलाई आकर्षण गर्ने खालका कार्यक्रम र भावनात्मक नेतृत्व प्रदान गर्न जरुरी रहेको सुझाव दिए।
अर्का संस्थापक गजबहादुर तमुले लामो समय पश्चात संस्थापकहरु र तमु धिंको कार्यसमिति बिच छलफलले सकरात्मक सन्देश दिएको बताए ।

संस्थापक रोश तमुले तमु धिंको जग्गा आगामी दिनका लागि साँघुरो हुने भएकाले ठूलो क्षेत्रफल रहेको जग्गा खरिद गरी दीर्घकालिन योजना, आयमूलक कार्यक्रम, सबैलाई समेट्ने र आकर्षिक गर्ने कार्यक्रम जरुरी रहको बताए ।

संस्थापक डा. खडग सिंह तमुले पोखराका तमुहरु एकतावद्ध गराउन तमु धिं स्थापनाको सोंच आफूहरुले ल्याएको भन्दै तमु धिंले गुरुङको विषय, बारेमा गहन बहस चलाउनुपर्ने सुझाव दिए ।

कार्यक्रममा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमुले तीनवर्षे कार्यकालका आधारपत्र प्रस्तुत गरेका थिए भने वरिष्ठ उपाध्यक्ष सुमे श्रीप्रसाद तमुले स्वागत र कार्यक्रम संचालन महासचिव अधिवक्ता जुनाकुमारी तमुले गरेकी थिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close