तमु ल्होछार ‘ल्वों ल्हो’ को स्वागतमा दीप प्रज्वलन

पोखरा, १४ पुस ।

तमु जातिको महान चाड नयाँवर्ष तमु ल्होछार ल्वों ल्हो स्वागत गर्दै मंगलबार साँझ पोखरामा दीप प्रज्वलन गरिएको छ । तमु धिं नेपालको आयोजनामा च्यू ल्हो (मुसा वर्ग) को बिदाई र ल्वों ल्हो (गाई वर्ग) स्वागत गर्दै पोखरा १७ स्थित तमु ह्युलचोकमा दीप प्रज्वलन गरिएको हो ।

कार्यक्रममा अध्यक्ष हुमबहादुर गुरुङले विश्व कोरोनाले संक्रमण र मुलुक संवैधानिक संक्रमणमा परेको बेला ल्वों ल्होले दीप जस्तै उज्यालो प्रकाश लिएर आउने विश्वास व्यक्त गरे । तमुहरुको एकतावर्षको रुपमा ल्वों ल्हो सावित हुने उनको दावी थियो ।

तमु ह्युल चोकका परिकल्पनाकार मेजर लक्ष्मीप्रसाद गुरुङले तमु समुदायको पहिचान र पोखराको पर्यटन प्रवद्र्धनमा तमु ह्युल चोकले महत्व राख्ने दावी गर्दै ल्होछार सुखमय हुने बताए ।

तमु धिं कार्यसमिति सदस्य तथा तमु कलाकार संघ गण्डकी अध्यक्ष सुरेन्द्र गुरुङले स्वागत र कार्यक्रम संचालन तमु सहयोग समिति पार्दीका सचिव सु. गमबहादुर गुरुङले संचालन गरेका थिए।

दीप प्रज्वलनसँग नयाँ वर्गलाई स्वागतका लागि साँस्कृतिक प्रस्तुति गरी सहभागीहरुले खुशीयाली मनाएका थिए ।
यस अघि बिहान तमु सहयोग समिति पार्दी र तमु कलाकार संघ गण्डकीका कलाकारहरुले तमु ह्युलचोक सरसफाई गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close