तनहूँमा अल्ट्रा म्याराथन आयोजना हुने

तनहूँ, २३ पुस ।
तनहूँको व्यास नगरपालिकाले यस वर्ष पनि अल्ट्रा म्याराथन आयोजना गर्ने भएको छ । नगरपालिकाले माघ १६ गते सहिद दिवसका आवसरमा दौड प्रतियोगिता गर्ने निर्णय गरेको हो ।
यसअघि पनि सहिद दिवसकै अवसरमा दौड प्रतियोगिता आयोजना गरिंदै आएको थियो ।
व्यास नगरपालिका वडा नंं. ५ मानुङबाट शुरु भएर व्यास ८ पुलिमराङसम्म दौड हुने नगरपालिकाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसका लागि व्यास नगर उपप्रमुख मीरा जोशीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरिएको छ ।
विज्ञप्ति