भेट्रान्स टेनिस उपाधि एकलतर्फ विकास, डबल्सतर्फ नवीनको जोडीलाई

पोखरा, १४ पुस ।

पोखरा सडक महोत्सवको पूर्वाद्र्धमा रेवान पोखराद्वारा आयोजित भेट्रान्स टेनिस प्रतियोगितामा एकलतर्फको उपाधि विकास गुरुङ्गले तथा डबल्सतर्फको उपाधि नविन जोडीले जितेका छन् ।

मंगलबार लेकसाइडको गुरुङ्ग भिलेज टेनिसकोर्टमा भएको फाइनला विकासले कर्ण तामाङ्गलाई ६-४, ६-४ को सोझो सेटमा पराजित गरे ।

डबल्सतर्फ नवीन श्रेष्ठ र नवीन चालिसेको जोडीले विकास गुरुङ र सूर्य भुजेलको जोडीमाथि ३-६, ६-३ र सुपरटाइमा १०-८ को कठिन नतिजा निकाल्दै उपाधि आफ्नों पोल्टामा पारेको हो ।

प्रतियोगितामा एकलतर्फको विजेता तथा उपविजेता खेलाडीले नगद १० हजार र पाँच हजारसहित ट्रफी पुरस्कार पाए भने डबल्सतर्फका विजेता तथा उपविजेता खेलाडीलाई नगद सात हजार र चार हजारसहित ट्रफीले पुरस्कृत गरिएको थियो ।

उक्त अवसरमा नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेलले पर्यटकीय शहर पोखरालाई खेलकुदको शहर बनाउनुपर्नेमा जोड दिए ।

खेलकुदका माध्यमबाट पनि यहाँको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुगेको बताउँदै पर्यटन विकाससंगै युवा खेलाडी उत्पादनतर्फ पनि खेल संघहरुले ध्यान दिनुपर्ने पौडेलको भनाई थियो ।

नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, कास्की जिल्ला टेनिस संघका अध्यक्ष दोर्जे लामा, प्रतियोगिता संयोजक लोक गुरुङ्ग लगायतले टेनिस विकासका लागि यस्ता प्रतियोगिता महत्वपूर्ण भएको औंल्याएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close