तारानाथ ढुंगाना : चुनावमा होमिए, पोउवासंघलाई बलियो बनाउने चाहना

ढुंगानालाई चिन्नेहरु के भन्छन् ?

पोखरा, १९ पुस ।

पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व,पदाधिकारी र कार्यसमिति सदस्यहरुका लागि यहि पुस २५ गते निर्वाचन हुँदैछ । निर्वाचन प्रक्रिया शुरु भइसकेको छ । सबै उम्मेदवारले आआफ्नो उम्मेदवारी मनोनयन गराइसकेका छन्। योसंगै पोखराका उद्योगी व्यवसायीलाई चुनावी रन्को लागेको छ ।

कोरोना संक्रमणका कारण खुलेर घरदैलो अभियानमा नजुटेता पनि आन्तरिक छलफल, फोन सम्पर्क गरेर मत माग्नेक्रम तीव्र भएको छ । उम्मेदवारहरुले मतदातासंग आआफ्नो प्रतिवद्धता सुनाउँदै समर्थन गर्न आग्रह गरिरहेका छन् ।

यसैक्रममा संघको आशन्न निर्वाचनमा कोषाध्यक्ष पदमा उम्मेदवारी मनोनयन गराएका तारानाथ ढुंगाना निकै व्यस्त देखिन्छन् । उनी संघको वर्तमान कार्यसमिति सदस्य समेत हुन् । अघिल्लो निर्वाचनमा उनी लोकप्रिय मतका साथ विजयी भएका थिए ।

यस पटक पनि अझै धेरै लोकप्रिय मत प्राप्त गर्ने लक्ष्यका साथ चुनावी मैदानमा उत्रिएका ढुंगाना मतदातासंगको आन्तरिक भेटघाट र छलफललाई तीव्र पारेका छन् । सबैसंग राम्रो सम्बन्ध बनाएका उनी महासचिव भएर अहिले पनि नेपाल मदिरा व्यवसायी महासंघ हाँकिरहेका छन् । उनले सहकारी, लायन्स, मदिरा व्यवसायी संघ लगायतका संघसंस्थामा सफल नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।

नेपाल मदिरा व्यवसायी महासंघको गत वर्ष भएको निर्वाचनमा ढुंगानाले चुनावमा देशभरबाट सबैभन्दा धेरै मत प्राप्त गरेर महासचिवमा विजयी भएका थिए । उनलाई नजिकबाट चिन्नेहरु भन्छन्, ‘तारानाथ ढुंगाना एकदम सरल स्वभावको हुनुहुन्छ । उहाँ कसैको पनि नराम्रो सोच्नु हुन्न ।’

पोखराका एक व्यवसायी डिल्लीराम पनेरु तारानाथ ढुंगाना जत्तिको व्यक्ति पोखरा उद्योग वाणिज्य संघ आवश्यक भएको बताउँछन् । उनी भन्छन्, ‘तारा सरको काम गर्ने शैली र उहाँको व्यवहारको म एक प्रकारको फ्यान नै हुँ । उहाँमा अजिव क्षमता छ । त्यो क्षमता पोउवासंघमा प्रस्फुटन गर्नुहुनेछ भन्ने विश्वास छ ।’

नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पा पनि ढुंगानाको क्षमता अद्भूत रहेको बताउँछन् ।
उनी भन्छन्, ‘ताराजीमा एकदम सरल स्वभाव पाएँ । उहाँ कसैमाथि पनि नराम्रो सोंच राख्नुहुन्न । सबैको कुरा सुन्नुहुन्छ । सबै साथीलाई खुशी बनाएरै अघि बढ्नुहुन्छ । सहनशील पनि अचम्मैको हुनुहुन्छ । व्यवसायमा पनि निकै अब्बल हुनुहुन्छ ।’ ढुंगानामा नेतृत्व गर्न सक्ने क्षमता रहेको उनी बताउँछन् ।

व्यवसायिक एकता आजको आवश्यकता, अग्रजलाई सम्मान, नयाँलाई प्रोत्साहन भन्ने लक्ष्यसमेत राखेर चुनावमा होमिएका ढुंगानाले पोखरा उद्योग वाणिज्य संघको आर्थिक स्थितिलाई सुदृढ बनाउने आफ्नो मुख्य लक्ष्य बनाएका छन् ।

उनी भन्छन्, ‘संस्था बलियो नभएसम्म केही गर्न सक्दैन । कमजोर संस्थाले कता के गर्ने ? त्यसैले मेरो पहिलो र प्रमुख लक्ष्य भनेको संघलाई आर्थिक र भौतिक रुपमा बलियो बनाउने हो ।’

व्यवसायीका हक हितका कुरा संघमा धेरै उठे र धेरैले उठाएको भन्दै उनी ती सपना बाँडेर मात्र संघ अघि बढ्न नसक्ने बताउँछन् । बोलेका कुरा पूरा हुन सक्दैन भने बोल्नुको अर्थ नहुने उम्मेदवार ढुंगानाको भनाइ छ ।

उनी भन्छन्, ‘म नचाहिने र झुट्टा गफ दिन जान्दिन । जे बोल्छु पूरा गरेरै छाड्छु । पहिला संघलाई बलियो बनाउँछु । यसका लागि के के गर्न सकिन्छ भनेर छलफल भइरहेको छ । अग्रजहरुसंग पनि सल्लाह गर्छु । केही दिनमा टाइमटेवल नै तयार गरेर अघि बढ्छु ।’

संघलाई सक्षम बनाउन र युवामैत्री बनाउन आवश्यक रहेको भन्दै उनले अबको टिमले अग्रजलाई सम्मान हुने किसिमले विशेष योजना ल्याउने र यसका लागि आफू सक्रिय भएर लाग्ने प्रतिवद्धता जनाए ।

ढुंगानाले सञ्चालन गरेका व्यवसायीहरुमा तारासुमन सप्लायर्स, अभिनव ट्रेडर्स, नाइस ट्रेडिङ, नाइस इन्टरप्राइजेज, गुडमर्निङ ट्रेड सेन्टर र बाराही मेनेजमेन्ट सोलुशन प्रालि सञ्चालन गरिरहेका छन् ।

ढुंगानाले स्वतन्त्र प्यानलबाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । उनको प्यानलबाट अध्यक्षमा विन्दु कोइराला सुवेदीले उम्मेदवारी दिएकी छन् । यस्तै उपाध्यक्षमा सोवित पौडेल, महासचिवमा धनीराम बराल, उपमहासचिवमा धर्मराज वर्तौता र सदस्यहरुमा पवित्रादेवी गुरुङ, विनोद केसी, रामप्रसाद गौतम र उत्तम सेवक कार्कीले उम्मेदवारी दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close