पर्यटन व्यवसायी महिला संघको अध्यक्षमा रेनु थापा
पोखरा, ४ पुस ।
पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को अध्यक्षमा रेनु थापा चयन भएकी छन् । संस्थाको शुक्रबार सम्पन्न तेस्रो साधारणसभा एवं दोस्रो अधिवेशनबाट थापा अध्यक्षमा चयन भएकी हुन् ।
संस्थाको उपाध्यक्षमा कमला गिरी, महासचिवमा शोभा पाण्डे, सचिवमा प्रभा सुवेदी र कोषाध्यक्षमा शोभा अधिकारी पौडेल छन् ।
यसैगरी सदस्यहरूमा पार्वती पौडेल, ईश्वरी पौडेल, कमला गुरुङ, अनिता खड्का (भट्टराई), शान्ता तिमिल्सिना (सुवेदी) र सरिता क्षेत्री छन् ।
कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोरोना कहरका कारण समस्यामा परेको पर्यटनलाई जोगाउनु अहिलेको आवश्यकता भएको बताए । व्यवसायलाई दीगो राख्न सरकारले ल्याएको मौद्रिक नीतिको समानुपातिक एवं प्रभावकारी कार्यान्वयन अपरिहार्य भएको उनले स्पष्ट पारे ।
टेवानका अध्यक्ष लक्की कार्की क्षेत्रीले दीगो पर्यटनका लागि समान सहभागिता भन्ने नाराका साथ महिला पर्यटन व्यवसायीहरू संगठित बनेको बताइन् । कोरोनाको कहरले पर्यटन क्षेत्रमा अतुलनीय क्षति पु¥याए पनि आगामी दिनका लागि धेरै पाठहरू सिकाएको उनको भनाइ छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारी, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देल, टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष सुशिलराज पौडेल, पश्चिमाञ्चल होटेल संघका अध्यक्ष विकल तुलाचनले कोरोनाले थलिएको पर्यटनलाई पुनउत्थान गर्दै अघि बढ्नुपर्ने बताएका थिए । संस्थाकी उपाध्यक्ष टेवानका उपाध्यक्ष रेनु थापा र महासचिव कमला गिरीले पनि कार्यक्रममा बोलेका थिए ।