पुस महिना र बिहीबार जन्मिएका व्यक्ति कस्ता हुनेछन् ?

पोखरा, २३ पुस ।

मानिसको जन्मेको समय र उसको वातावरणले उसको भविष्य निर्धारण गर्ने गर्दछ । कुन बालक कुन बार र समयमा जन्मेका हुन्, उनीहरुको उक्त साइतले स्वाभाव र चरित्र निर्धारण गर्ने ज्योतिषीहरुले बताउने गरेका छन् ।

त्यसैले कुन बार जन्मेका मानिसहरु कस्ता हुन्छन् र उनीहरुको जीवनको विकासक्रम कसरी अगाडि बढेको हुन्छ ।
पुस महिनामा जन्मिने मानिसहरु निडर, कठोर, देवताहरुलाई नमान्ने र सुख सुविधा उत्पन्न गर्ने खालका हुन्छन् ।

यस्तै बिहीबार जन्मिएका व्यक्तिको स्वभाव र व्यवहार यस्तो हुनेछ :

१. बिहीबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् ।

२. तपाईं मानिसहरुलाई निकै इज्जत गर्नुहुन्छ । त्यसकारण मानिसहरुका लागि आदर्श पनि हुनुहुन्छ ।

३. तपाईं सफा र स्वच्छ बिचारधाराका मालिक हुनुहुन्छ ।

४. तपाईंको भित्र नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण तपाईं जुन क्षेत्रमा काम गर्नुहुन्छ त्यहाँको उच्च पद अवश्य हाँसिल गर्नुहुन्छ ।

५. तपाईं निकै मेहनत गर्नुहुन्छ र आफ्ना सामानहरु आफूले भने कै ठाउँमा होस् भन्ने चाहनुहुन्छ ।

६. स्वतन्त्रता तपाईंलाई मन पर्ने भएका कारण बन्धनमा बस्न चाहनुहुन्न ।

७. तपाईं चाँडै नै मानिसहरुलाई विश्वास गर्नुहुन्छ जसको प्रतिफल तपाईंले भोग्न पर्छ ।

८. तपाईंको धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम ।

९. तपाईं स्ट्रेट फरवार्ड हुनुहुन्छ र सुन्दरताको प्रिय हुनुहुन्छ ।

१०. बिहीबार जन्मेका व्यक्ति आकर्षक र अन्टेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनीहरु प्रेम विवाह गर्छन् । उनीहरुको वैवाहिक जीवन सुखमय हुने गर्दछ ।

११. स्वास्थ्यको दृष्टिकोणले बिहीबार जन्मेका व्यक्तिहरु धेरैजसो सानोतिनो रोगको शिकार हुने गर्दछन् जस्तै ज्वरो, पेट दुखाई अथवा टाउको दुखाई ।

१२. बिहीबार जन्मेका व्यक्तिहरु धेरै पैसा कमाउने गर्दछन् र मन खोलेर खर्च पनि गर्छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close