कारको ठक्करबाट बाघ मर्यो

बारा, १८ पुस ।
पूर्वपश्चिम राजमार्गको बारा-जितपुर खण्डमा कारको ठक्करबाट पाटेबाघ मरेको छ । जंगलबाट राजमार्ग छिचोल्दै गरेको पाटेबाघलाई बा१६च ८११ नम्बरको कारले ठक्कर दिएको हो ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ आधारभार जंगलमा कारको ठक्करबाट बाघ मरेको बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए । कार चालक सर्लाहीका अजय मिश्र र बाघलाई प्रहरीले पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको छ ।