टिकटक प्रतियोगितामा बाबु गुरुङ प्रथम

पोखरा, १६ पुस ।

पोखरामा भएको टिकटक प्रतियोगितामा स्याङ्जा लामडाडाकी बाबु गुरुङ प्रथम भएकी छन्। तमु जातिको महान पर्व तमु ल्होसार/ल्होछारको अवसरमा स्टार्स स्टुडियोले प्रतियोगिता आयोजना गरेको थियो ।

स्टार्स स्टुडियोकी सञ्चालक, चलचित्र निर्देशक, नायिका, कोरियाग्राफर, कविका साथै नवगायिका जसु गुरुङको शब्द र स्वर, चर्चित संगीतकार तेजेन्द्र गुरुङको संगीतमा रहेको ङ्यो पुसे १५ गीतमा ३७ जनाले प्रतिस्पर्धा गरेका थिए । जसमध्ये बाबु गुरुङ प्रथम भइन् ।

टिकटक प्रतियोगिताको उपविजेता पोखरा बिरौटाकी स्नेहा गुरुङ, देवदहकी मञ्जु गुरुङ तृतीय भइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close