पोखराका पर्यटन व्यवसायी चिन्तित

पोखरा, ८ पुस ।

पोखराका पर्यटन व्यवसायीले पछिल्लो राजनीतिक घटनाक्रमले झनै पिडा थपिदिएको दुःखेसो गरेका छन् । महाभूकम्प, नाकाबन्दी र कोरोना भाइरसको कहरबाट गुज्रिरहेको पर्यटन व्यवसायका लागि पछिल्लो राजनीतिक घटनाक्रमले झनै पीडा थपिदिएको भन्दै व्यवसायीले दुःखेसो गरेका हुन् ।

इम्ब्रोइडरी एण्ड गाम्रेन्ट एशोसिएशन (एगा) पोखरामो १७ औं साधारणसभा तथा नवौं अधिवेशनका वक्ताहले उनीहरुले अहिलेको अवस्थामा भोलिका लागि आशा गर्नुबाहेक अन्य कुनै विकल्प नभएको स्पष्ट पारे । उनीहरुले व्यवसायीको पीडामा राज्यले कहिल्यै मल्हम लगाउने कार्य नगरेको र अबका दिनमा पनि आशा गर्न नसकिने बताएका छन् ।

पोखराका पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषदले पनि पछिल्लो राजनीतिक दुर्घटनालाई दुर्भाग्यपूर्ण भनेको छ । परिषदका अध्यक्ष गोपी भट्टराईले राज्यले व्यवसायीका लागि अहिलेसम्म केही नगरेको र पिडामाथि पिडा थप्दै गएको बताए ।

कोरोनाबाट प्रभावित बनेको व्यवसायलाई राहत दिनका लागि ल्याइएका प्याकेजका कार्यक्रमहरु बुझ्नै नसकिने खालको रहेको उनको धारणा छ ।

अहिलेको अवस्थामा व्यवसायीहरु एकजुट हुन सकेमात्रै समस्या समाधान गर्न सकिने भन्दै अध्यक्ष भट्टराईले यसका लागि परिषद्ले पहल गरिरहेको बताए ।

पोखरा महानगरपालिका वडा नं. ६ का अध्यक्ष जगत बहादुर पहारीले अहिलेको अवस्थामा धैर्य गर्नुको विकल्प केही नभएको भन्दै व्यवसायीलाई आश्वस्त पारेका छन् ।

उनले कोरोना कहर र राजनीतिक घटनाक्रमले कोही पनि अछुतो नरहेको भन्दै यस्ता राजनीतिक गोलचक्रमा व्यवसायी फँस्न नहुनेमा जोड दिएको छ । ‘पोखरा सुरक्षित छ, राम्रो छ, सुुन्दर छ भनेर प्रचार गर्न सके ठप्प रहेको व्यवसाय थोरै भए पनि राहत मिल्छ’, उनले भने ।

पोखराका उद्योगी तथा व्यवसायीहरुको छाता संस्था पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेलले पछिल्लो राजनीतिक घटनाक्रमले व्यवसायलाई झनै पडाडि धकेलिदिएको बताए ।

‘अहिलेको विकल्प भनेको धैर्य गर्नु र व्यवसायीका साझा मुद्धाहरुलाई एकीकृत गरी आवाज बुलन्द बनाउनुबाहेक अन्य केही छैन’, उनले भने । पोउवासंघको महाधिवेशन नजिकिंदै गरेकाले सबैले आआफ्नो ठाउाबाट सक्दो सहयोग गर्न आग्रह गरे ।

पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष चीरञ्जीवि पोखरेलले पर्यटन व्यवसायलाई चलायमान बनाउन सबैले हातेमालो गर्नसके थोरै भए पनि राहत मिल्ने दावी गरे ।

‘महाभूकम्प, नाकाबन्दी र कोरोना भाइरसको कहरबाट कोही पनि अछुतो छैन । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमले झनै पीडा थपिदिएको छ । यस्तो अवस्थामा धैर्य गर्नुका साथै व्यवसायलाई चलायमान बनाउनका लागि दीर्घकालिन उपायहरु खोज्न आवश्यक देखिन्छ’, उनले भने ।

संस्थाका अध्यक्ष शंकर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विश्वराज पोखरेलले स्वागत र सचिव ईन्द्र प्रसाद भण्डारीले सञ्चालन एवं वार्षिक प्रतिवेदन पेश गरेका थिए । अधिवेशनले संघको नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close