मसिने भीरबाट ट्रक खस्यो, दुई जनाको घटनास्थलमै मृत्यु

काठमाडौं, २९ मंसिर ।

चन्द्रागिरीमा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका-२ स्थित मसिने भीरमा ना२क ३२३ नम्बरको मिनिट्रक सडकबाट ८०० मिटर तल खसेको हो ।

दुर्घटनामा तामाङ मरिण कन्ट्रक्सनका एकाउन्टेन अन्दाजी २३/२४ वर्षका सिन्धुली घर भएका मनिष कार्की र ट्रक चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । चालकको पहचिान खुलेको छैन । उनीहरुले सडकसम्बन्धी काम गर्ने गर्थे ।

सडकबाट ट्रक र मृतकहरुको शव नदेखिएको प्रहरीले जनाएको छ । भीरमा कोही पनि जानसक्ने अवस्था छैन । डोरी मगाएर उनीहरुको शव निकाल्ने तयारी भइरहेको छ । दुर्घटनाको कारण पनि खुलेको छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close