वासिङटनडिसीमा आपतकाल, ट्रम्पविरुद्ध महाभियोग लगाउन मतदान हुँदै

पोखरा, २९ पुस ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले चुनावमा हारेको बदला लिन अन्तिम समयसम्म पनि देशलाई दुःख दिन छाडेका छैनन् । उनको कार्यकाल आगामी जनवरी २० सम्म मात्रै हो । जनवरी २० मा निर्वाचित जो बाइडेनले सपथग्रहण गर्दैछन् ।

बाइडेनको सपथ प्रभावित गर्न ट्रम्पले राजधानी वासिङटन डिसीमा आपतकाल नै घोषणा गरिदिएका छन् । उनले गत जनवरी ११ देखि २४ तारिखसम्म आपतकालको घोषणा गरेका छन् ।

यसबाट बाइडेनको सपथ ग्रहण प्रभावित हुनेछ । गत हप्ता संसद भवनमा भएको आक्रमणमा राष्ट्रपति ट्रम्पको हात रहेको भन्दै महाभियोग लगाउने तयारी भैरहेका बेला ट्रम्पले राजधानी वासिंगटन डिसीमा आपतकालको घोषणा गरेका हुन् ।

संसदमा उनलाई महाअभियोग लगाउने बारेको बहस जारी रहेको छ । बुधबार त्यसबारे मतदान हुँदैछ । ट्रम्पले धम्कीयुक्त भाषामा महाअभियोग भयानक हुने बताएका छन् । त्यस्तै बाइडेनको सपथग्रहणका समयमा ५० राज्यमा नै ट्रम्पका उश्रृंखल कार्यकर्ताले आक्रमण गर्न सक्ने भन्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close