नेपाली महिला भलिबल टोली चीन जाँदै

पोखरा, २ पुस ।

नेपाल भलिबल संघ (एनभिए) ले २०२१ मा चीनले आयोजना गर्ने एसियन महिला भलिबल च्याम्पियनसिपमा टिम पठाउने भएको छ ।

बुधबार बसेको एनभिएको कार्यसमिति बैठकले सन् २०२१ मा चीनको गोन्जाओ शहरमा एसियन च्याम्पियनसिपमा नेपाली टोलीलाई पठाउने निर्णय गरेको हो ।

एसियन च्याम्पियनसिप अगष्ट २९ बाट सेप्टेम्बर ५ सम्म चल्नेछ ।नेपाल भलिबल संघले एसियन च्याम्पियनसिप खेल्ने दाबी सहित एसियाली भलिबल महासंघ (एभीसी) लाई पत्र पठाइसकेको छ ।

च्याम्पियनसिपमा सेन्ट्रल जोनबाट एक देश सहभागी हुने व्यवस्था छ । जसको च्याम्पियन नेपाली टोलीले सहभागिता जनाउन पाउनु पर्ने भन्दै नेपालले दाबी गरेको हो ।

अघिल्लो वर्ष बंगलादेशमा भएको सेन्ट्रल जोनमा नेपाली टोली विजेता बनेको थियो । यस्तै, घरेलु मेदानमा भएको दक्षिण एसियाली खेलकुदमा नेपालले रजत पदक हात पारेको थियो ।

पछिल्ला दुई प्रतियोगितामा नेपाली टोलीले हात पारेको सफलताले नै एनभिएलाई महिला टोलीलाई च्याम्पियनसिपमा पठाउन दबाब बनेको हो ।

एसियन च्याम्पियनसिपमा सहभागी हुन जनवरी १५ सम्म टिम दर्ता गर्नुपर्ने छ । सोही अनुसार भलिबल संघले नेपाली टिमलाई सहभागी गराउने निर्णय गरेको हो ।

एभिसीले नेपालको दाबी स्वीकार गरेमा नेपालको महिला टिमले अर्को वर्ष एसियन च्याम्पियनसिपमा सहभागीता जनाउनेछ । कोरोना भाइरसका कारण घरमा रहेका खेलाडीका लागि भने संघले तत्कालका लागि कुनै निर्णय गरेको छैन ।

महामारी कम नभएको भन्दै संघले खेलाडीलाई बन्द प्रशिक्षणमा डाक्न नसक्ने भन्दै खेलाडीका विषयमा मौन बसेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close