आजको मौसम : गण्डकी प्रदेशमा वर्षाको सम्भावना

पोखरा, २८ पुस ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । मंगलबार जारी पूर्वानुमानका अनुसार आज देशभर कुनै उल्लेखनीय मौसमी प्रणाली रहेको छैन ।
गण्डकी प्रदेशको राजधानी पोखरामा पनि मौसम सफा छ । बिहान साँझ चिसो महसूस भए पनि दिउसो चिसो महसूस भएको छैन । तर गण्डकी प्रदेशमा आंशिक बदली र केही स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले पूर्वानुमान गरेको छ ।
महाशाखाका अनुसार हाल देशको पहाडी भागमा भूभागमा आंशिक बदली रहेको छ । मंगलबार दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
साथै, प्रदेश १, प्रदेश २, बागमती प्रदेश र तराईका भूभागमा बाक्लो हुस्सु कुहिरोको संभावना रहेको छ । देशका अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
साथै, आज राति गण्डकी प्रदेश प्रदेश १, प्रदेश २, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।