मौसम : यस्तो रहनेछ आगामी तीन दिन

पोखरा, २६ पुस ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमको अवस्थाबारे जानकारी दिएको छ ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार आज देशमा कुनै उल्लेखनीय मौसमी प्रणाली रहेको छैन ।
यसैगरी, महाशाखाले हाल देशका केहि भूभागमा आंशिक बदली रहेको र बाँकी भूभाग सामान्यतयाः सफा रहेको जनाएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा पनि मौसम सफा छ । पोखरामा बिहानैदेखि मौसम खुलेको छ । चिसोको अनुभूति पनि निकै कम छ ।
आइतबार
दिउँसोः गण्डकी प्रदेश, प्रदेश नं. १ र प्रदेश २ मा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
राति : प्रदेश १ मा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
सोमबार
दिउँसोः प्रदेश नं. १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
रातिः गण्डकी प्रदेश, प्रदेश १, प्रदेश २, बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
मंगलबार
दिउँसोः प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । देशका अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
रातिः गण्डकी प्रदेश, प्रदेश १, प्रदेश २, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।