पोखराको मौसम बिग्रियो, ८ बजेसम्म डम्म हुस्सु, चिसो बढ्यो

पोखरा, २८ पुस ।

गण्डकी प्रदेशको राजधानी पोखराको मौसम बिग्रिएको छ । गत बिहीबार, शुक्रबार शनिबार, आइतबार र सोमबार अत्यन्तै सफा भएको मौसम आज मंगलबार एकाएक बिर्गिएको हो ।

आज बिहानैदेखि पोखरामा हुस्सु लागेको छ भने वरिपरीका डाँडाहरु पूरै ढाकिएका छन् । हिजो सोमबारको तुलनामा बढी चिसो महसूस समेत भएको छ । बिहान ८ बजेसम्म पोखरा अँध्यारो भएको छ ।

वर्षा हुने संकेत देखिन्छ । जल तथा मौसम विभागले गण्डकी गण्डकी प्रदेशका केही स्थानमा आंशि बदलीसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close