पुस महिना र बुधबार जन्मिएका व्यक्ति कस्ता हुनेछन् ?

पोखरा, २२ पुस ।
पुस महिनामा जन्मिने मानिसहरु निडर, कठोर, देवताहरुलाई नमान्ने र सुख सुविधा उत्पन्न गर्ने खालका हुन्छन् ।
यस्तै बुधबार जन्मिएका व्यक्तिको स्वभाव र व्यवहार यस्तो हुनेछ :
१. बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र बिजनेश माइन्डका हुने गर्दछन् ।
२. यिनीहरु योजनाहरुको कुनै स्थान नभए पनि निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहन्छन् ।
३. यो बार जन्मिएका मानिस सफा र स्वच्छ विचारधाराका मालिक हुन्छन् ।
४. बुधबार जन्मिएका मानिस नयाँ–नयाँ कुराहरु जान्न निकै उत्सुक हुन्छन् ।
५. यो बार जन्मिएका मानिस सन्तुष्ट स्वभावका हुन्छन् ।
६. बुधबार जन्मिएका व्यक्ति विश्वासिला र अरुले दिएका धोका नपचाउने खालका हुन्छन् ।
७. सकारात्मक सोच सँगै जीवनमा अघि बढ्ने स्वभाव यो बार जन्मिएका मानिसमा पाइन्छ ।
८. हतपत नरिसाउने तर रिसाएमा फर्किन समय लाग्ने स्वभाव यो बार जन्मिएको मानिसमा पाइन्छ ।
९. बुधबार जन्मिएका मानिसहरु प्रायः शैक्षिक क्षेत्रमा देखिन्छन् ।