क्रियाशील पत्रकार महिला समूह तनहूँको अध्यक्षमा कंडेल

तनहूँ, १२ पुस ।
क्रियाशील पत्रकार महिला समूह तनहुँको अध्यक्षमा विमला दुवाडी कँडेल निर्वाचित भएकी छन् । समूहको चौथो जिल्ला अधिवेशनबाट कंडेल अध्यक्षमा सर्वसम्मत निर्वाचित भएकी हुन् ।
समूहको उपाध्यक्षमा सृजना राना, सचिवमा मिला दरै, कोषाध्यक्षमा शिला वाग्ले र सहसचिवमा करिष्मा गुरुङ छन् ।
यसैगरी कार्यसमिति सदस्यहरुमा प्रकृति न्यौपाने, अन्जु दाहाल, रन्जु सिग्देल, अप्सरा श्रेष्ठ, अस्मिता विक र मुना कालिराज विके छन् ।
कार्यक्रममा संस्थापक अध्यक्ष सोनी शर्मालाई सम्मान गरिएको थियो । महिला पत्रकार को हक हित तथा नेतृत्व विकासमा योगदान दिएको भन्दै उनलाई सम्मान गरिएको हो ।